ओली र लेखक विरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

<span class='c1'>ओली र लेखक विरुद्धको जाहेरी</span> <span class='c2'>आयोगले प्रहरीमै फिर्ता पठायो</span>

विराटनगर । जेनजी आन्दोलनबारे छानविन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फिर्ता पठाएको छ । आयोगले उक्त जाहेरीको जाँचबुझ गर्ने क्षेत्राधिकार नभएको भन्दै प्रहरीमै फिर्ता पठाएको हो ।

आयोगका प्रवक्ता तथा सदस्य विज्ञानराज शर्माले जाहेरीमाथिको अनुसन्धान आयोगको कार्यक्षेत्रमा नपर्ने भएपछि फिर्ता गरेको जानकारी दिएका छन् । बिहीबार आयोगले एक विज्ञप्ती जारी गर्दै ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन’, तसर्थ ‘फौजदारी कसुरमा जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’

यसअघि जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारले जिल्ला प्रहरी परिसर कामठाडौंमा उजुरी दिँदै ओली र लेखकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए । त्यसपछि प्रहरीले उक्त जाहेरी लिएर दर्ता नगरी आयोगमा पठाएको थियो । अहिले फेरि आयोगले जाहेरी प्रहरी कार्यालयमै फिर्ता गरिएपछि अन्योल सिर्जना भएको छ । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु भएको थियो भने जम्मा ७६ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्