रंगेलीमा सरकारी जग्गा व्यक्तिको नाममा, ३ कर्मचारीसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी

<span class='c1'>रंगेलीमा सरकारी जग्गा व्यक्तिको नाममा, ३</span> <span class='c2'>कर्मचारीसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी</span>

विराटनगर असोज २४,
मोरङमा ऐलानी जग्गा हडप्ने उद्देश्यले फर्जी श्रेस्ता तयार गरिएको अभियोगमा अदालतले चार जनाको पक्राउ अनुमति दिएको छ। रंगेली मालपोत कार्यालयका तीन कर्मचारी र एक व्यक्तिमाथि अदालतले पक्राउ पूर्जी जारी गरेको हो।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, पक्राउ अनुमति पाउनेहरूमा सुरक्षा गार्ड कामदेव मण्डल, नायव सुब्बा रेवति अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा हडप्ने प्रयासमा संलग्न भनिएका भीमप्रसाद सिंह छन्।

पीडितहरूले बुधबार इलाका प्रहरी कार्यालय रंगेलीमा लिखित सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले उनीहरूको पक्राउ अनुमति मागेको थियो। त्यसपछि अदालतले सो माग स्वीकृत गर्दै पक्राउ पूर्जी जारी गरेको हो।

अदालतको आदेशपछि इलाका प्रहरी कार्यालय रंगेलीले अब उनीहरूको खोजी र पक्राउ प्रक्रिया तीव्र पारेको छ। प्रहरीले उनीहरूलाई कुनै पनि बेला नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्