जिल्ला विपद् व्यवस्थापन समितिद्वारा राहत सामग्री वितरण

<span class='c1'>जिल्ला विपद् व्यवस्थापन समितिद्वारा</span> <span class='c2'>राहत सामग्री वितरण</span>

मोरङ । असोज १८, १९ र २० गतेको अविरल वर्षाबाट प्रभावित परिवारहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको संयोजनमा विराटनगर महानगरपालिका–१२ र १६ तथा कटहरी गाउँपालिका–४ का पूर्ण र आंशिक क्षति प्रभावित परिवारहरूलाई गैर–खाद्य (Non-Food Item) सामग्री वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो । वितरण गरिएको सामग्रीमा टेन्ट, कम्बल, बाल्टिन, प्लास्टिक म्याट, डोरी, भाँडाकुँडा लगायतका अत्यावश्यक सामग्रीहरू समावेश गरिएको जनाइएको छ ।

यस वितरणमार्फत बाढी र वर्षाबाट प्रभावित परिवारहरूको तत्कालीन आवासीय र दैनिकी सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रभावित क्षेत्रको अवस्थालाई निरन्तर अनुगमन गर्दै थप आवश्यक सहयोगका लागि तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्