टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

<span class='c1'>टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५</span> <span class='c2'>विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश</span>

काठमाडौं । नेपाल जापानलाई ५ विकेटले हराउँदै आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बनेको छ । शुक्रबार ओमनमा जारी खेलमा जापानमाथि जित हासिल गरी नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको हो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेलले २१ रन बनाए । यस्तै, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन जोडे । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे ।
बलिङमा जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए । टस हारेर पहिला ब्याटिङको गरेकोे जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी–फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।

उनले दोस्रो विकेटका लागि इसम रहमानसँग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रन बनाए । बलिङमा नेपालका गुल्सन झाले २, सन्दीप लामिछानेले २, सोमपाल कामीले १ गुल्सन झाले १ विकेट लिएका थिए। जापानमाथि जित हासिल गरी नेपालले २ अंक जोड्दै सुपर–६ मा गएको छ । नेपालले सुपर–६ मा समूह ए र सीबाट आउने २–२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्