तिहार नजिकिँदै गर्दा कुम्हाल समुदाय दियो बनाउन व्यस्त

<span class='c1'>तिहार नजिकिँदै गर्दा कुम्हाल</span> <span class='c2'>समुदाय दियो बनाउन व्यस्त</span>

जनकपुर । तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशका कुम्हाल समुदाय अहिले माटोका परम्परागत दियो (दियौरी) बनाउन दिनरात व्यस्त भएका छन् ।

वर्षभरि खेतीपाती र अन्य काममा व्यस्त रहने कुम्हालहरूका लागि यो समय वर्षकै सबैभन्दा सक्रिय र आम्दानी हुने समय हो ।जनकपुरधाम, मटिहानी, सिरहा, बर्दिवास, मलंगवा लगायतका सहर तथा ग्रामीण बस्तीहरूमा कुम्हाल समुदायका मानिसहरू परम्परागत तरिकाले हातले घुमाउने चरखा प्रयोग गरी माटोका दियो तयार पारिरहेका छन् । यी दियोहरू घर–घरमा तिहारको बेलुकी दिप प्रज्वलनका लागि प्रयोग गरिन्छ ।कुम्हाल समुदायका शिल्पीहरूले दियो बनाउने काम असोज महिना लागेदेखिनै गर्न सुरु गर्छन । माटो संकलन, दियो बनाउने, सुकाउने र पकाउने गरी प्रक्रिया पूरा गर्न करिब ७–१० दिन लाग्छ ।
आधुनिक बत्ती र प्लास्टिकका सजावटका सामानले परम्परागत दियोको बजार केही हदसम्म प्रभावित पारे पनि तिहारमा दियो बाल्ने परम्परा अझै मजबुत रूपमा जोगिएको कुम्हालहरू बताउँछन् ।

कुम्हाल समुदायका महिलाहरूले पनि माटो तयार पार्ने, दियो सुकाउने र बजारमा बिक्रीमा लैजाने काममा सक्रिय भूमिका खेल्ने गर्छन् ।तिहार नजिकिँदै गर्दा बजारमा माटोका दियोका भरिभराउ थुप्रा सजिन थालेका छन् भने स्थानीय बासिन्दाहरूले अग्रिम खरिद गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्