जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित

<span class='c1'>जेनजी युवाहरुबीचको विवादका कारण</span> <span class='c2'>राष्ट्रपतिसँगको छलफल अनिश्चित</span>

काठमाडौं । जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित भएको छ ।
सोमबार राष्ट्रपति पौडेल र जेनजीहरुबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आज(सोमबार)का लागि सारिएको थियो । तर, जेनजी युवाहरुबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवम छलफल अनिश्चित बनेको छ ।

शनिबार सरकारले छानेका जेनजी प्रतिनिधिहरुप्रति केही युवाहरु असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद टुङगिन सकेको छैन । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्