लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

<span class='c1'>लोसपाले पनि फिर्ता लियो</span> <span class='c2'>मधेस सरकारलाई दिएको समर्थन</span>

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले अब भोलि (मंगलबार) दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ ।
यसअघि नै नेपाली कांग्रेस र नेकपा (एमाले)ले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले एमाले र जनमतको समर्थनमा कांग्रेसले नयाँ सरकार गठनको दाबी अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्