सुनसरीको बर्जुमा युवाले पक्राउ गरे ३०७ केजी गाँजा, कारोबारी पक्राउ गर्न प्रहरीलाई दवाव

<span class='c1'>सुनसरीको बर्जुमा युवाले पक्राउ गरे ३०७ केजी</span> <span class='c2'>गाँजा, कारोबारी पक्राउ गर्न प्रहरीलाई दवाव</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलमा युवाहरुले गाँजा अनलोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीय जेनजी युवाहरुले लामो समयदेखि कारोबार गरिरहेका व्यक्तिले ल्याएको गाँजा युवाहरुले नियन्त्रणमा लिएका हुन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी अमडुवाबाट पुगेको प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

बुधबार राती ९ः१५ बजे सेतो बलेरो पिकअपबाट गाँजा अनलोड भइरहेको भिडियो युवाहरुले लिएको दावी गरेका छन् । प्रहरी पुगेपछि गाँजा ओसारपसार गर्ने व्यक्तिहरु गाडीसहित फरार भएको प्रहरीले दावी गरेको छ ।

सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले ३०७ केजी ५५ ग्राम गाँजा इलाका प्रहरी कार्यालय दुहबीमा ल्याएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । उनले गाँजा वेवारिसे अवस्थामा बरामद भएको दावी गरेका छन् । तर, युवाहरुले गाँजा कारोबार गर्ने व्यक्तिहरुको किटान गर्दा समेत प्रहरीले नियन्त्रणमा नलिएको भन्दै बिहीबार दिनभर इलाका प्रहरी कार्यालय दुहबीमा दवाव दिएका थिए ।

गाँजा समाउने भूमिकामा स्थानीय जेनजी युवाहरुले कारोबारी पक्राउ गर्नुपर्ने दवाव दिएका थिए । युवाहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा बोलाइएको छ,  उनले गाँजा कारोबार नेपाल प्रहरी र सशस्त्रको पनि संलग्नता रहेको आशंका गरेका छन् । भने–व्यक्ति पक्राउ नगरेको अवस्थामा हामीसँग भएको भिडियो प्रहरी प्रधान कार्यालयमा पठाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्