सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमबाट जोगायौं

<span class='c1'>सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को</span> <span class='c2'>मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमबाट जोगायौं</span>

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो । सेनाका अनुसार बाँकी मृतकमध्ये तीन जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन् । सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न सकेको छैन ।आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन ः नियन्त्रणमा लिइसकेको छ ।

यसैगरी नेपाली सेनाले जेनजी प्रदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जिलेटिन र पेट्रोल लिएका प्रदर्शनकारीलाई सेनाले रोकेको सहायक रथी मनोज थापाले बताए ।उनले भने, ‘विमानस्थल आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन र पेट्रोल लिएर आएकाहरूलाई हामीले रोक्यौं, विमानस्थल बन्द भएको भए अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि धूमिल हुने थियो ।’जेनजी आन्दोलनमा ६१ भीआईपीको हवाई उद्धार गरिएको पनि सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्