सुनसरीको रामधुनीमा पटका पड्काएको विषयमा झडप, ६ जना घाइते

<span class='c1'>सुनसरीको रामधुनीमा पटका पड्काएको विषयमा</span> <span class='c2'>झडप, ६ जना घाइते</span>

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ सैनीमैनीमा पटका पड्काउने विषयलाई लिएर स्थानीयबीच दोहोरो झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । पटका पड्काउने क्रममा सुरु भएको विवाद सोमबार राति झडपमा परिणत भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रामधुनीका असई (प्रहरी सहायक निरीक्षक) झमककुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

झडपमा दुवै पक्षका घाइते भएका हुन् । घटनामा एउटा पक्षका १८ वर्षीय अजित सरदार, सरोज सरदार र १९ वर्षीय राकेश सरदार घाइते भएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनीहरुलाई उपचारका लागि साई अस्पताल झुम्का पुर्याइएकोमा अजितलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम रेफर गरिएको छ । झडपमा अर्को पक्षका ४४ वर्षीय पञ्चु सरदार, ३५ वर्षीय उजित सरदार र १७ वर्षीय रितेश सरदार घाइते भएको जानकारी खतिवडाले दिए । उनका अनुसार सामान्य अवस्थाका घाइतेको साई अस्पताल झुम्कामै उपचार भइरहेको छ । स्थानीयबीच सामान्य विवादबाट सुरु भएको झगडा कुटपिट एवं झडपमा परिणत भएपछि प्रहरीले तत्कालै घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्