सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

<span class='c1'>सोलुखुम्बुमा जिप दुर्घटना हुँदा</span> <span class='c2'>३ जनाको ज्यान गयो</span>

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । बिहीबार साँझ साढे ७ बजेति रमाप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

 

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकोमाप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सगुजित राइले बताए ।

दुर्घटनामा ६ जना घाइते भएको वडा अध्यक्ष राईले बताए । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिए । मृतकहरूको सनाखत भएको छैन । चालकसहित ६ जना घाइते भएको अध्यक्ष राईले बताए ।

रातिको घटना भएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्