जंगलभित्र कारमा आगलागी, चारदिनदेखि चालक थिए वेपत्ता

<span class='c1'>जंगलभित्र कारमा आगलागी, चारदिनदेखि</span> <span class='c2'>चालक थिए वेपत्ता</span>

विराटनगर । झापामा जंगलभित्र कार लगेर आगजनी गरेपछि चालक फरार भएका छन् । झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको नाममा रहेको कारमा बिहीबार मेचीनगर– १३ स्थित हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको हो ।

१० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि जंगलभित्र लगेर कारमाथि आगजनी गरिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । तर, प्रहरी पुग्दा आगजनीबाट कार जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

सडकदेखि करिव २ सय मिटर पश्चिम जंगलमा कार आगजनी भएको अवस्थामा भेटिएको थियो ।  हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्र सिग्देलले कार लिएर भित्र जाँदै गरेको देखेको दावी गरेका छन् ।

बाग्मती प्रदेश ०१–०३ च ७१९४ नं को कारसहित शर्मा चार दिन अघिदेखि वेपत्ता भएका थिए । कात्तिक ९ गते दिउँसो ३ः५५ बजे ३३ वर्षीय सरोज शर्मा घरमा कोही कसैलाई नसोधि घरबाट कार लिएर हिँडेका थिए । त्यसपछि बिहीबार अचानक उक्त कारमा आगजनी गरिएको छ भने शर्मा फरार बनेका छन् । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले घटना के किन गराइयो भनेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्