विराटनगर किंग्सका आइकन खेलाडी बने झापाका आयुष न्यौपाने

<span class='c1'>विराटनगर किंग्सका आइकन खेलाडी</span> <span class='c2'>बने झापाका आयुष न्यौपाने</span>

विराटनगर, कात्तिक १४ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि झापाका युवा क्रिकेटर आयुष न्यौपानेलाई आइकन खेलाडीको रूपमा चयन गरेको छ । विराटनगर किंग्सले हालै झापामा आयोजना गरेको “ड्रिम टु प्ले क्रिकेट प्रतियोगिता” मार्फत उनी टिमको आइकन खेलाडीका रूपमा छानिएका हुन्।

झापाको सुरुङ्गा निवासी न्यौपानेले स्थानीय सुरुङ्गा वाइट वास क्रिकेट क्लबबाट क्लब स्तरको क्रिकेट खेल्दै आएका छन्। उनी यसअघि अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन्। उत्कृष्ट प्रदर्शन र सम्भावनाका कारण उनलाई विराटनगर किंग्सले आइकन खेलाडीको रूपमा अवसर प्रदान गरेको हो। उनि टिमको आवस्यकता अनुसार टिममा आइकोनिक खेलाडीको रुपमा रहनेछन ।

हाल उनी विराटनगर किंग्स टिमसहित भारतको मुंबईमा अभ्यास सत्रमा रहेका छन्। आगामी नेपाल प्रिमियर लिगका खेलहरूका लागि टिम तयारीमा व्यस्त रहेको जनाइएको छ।

“कोशीको शान, हाम्रो पहिचान” भन्ने नाराका साथ विराटनगर किंग्सले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै आएको छ। युवा प्रतिभाहरूलाई अवसर दिने अभियानका रूपमा आयुष न्यौपानेको चयनलाई प्रदेशको गौरवका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्