विराटनगर । खोटाङमा वर्षापछि गएको पहिरोले धान खेत र भैंसी गोठ पुरेको छ । शुक्रबार बिहान १० बजेको समयमा ऐसेलुखर्क गाउापालिका ७ माक्मा मट्यौली बस्ने गणेश बहादुर नेपालको खेत माथी पाखाबाट झरेको पहिरोले ६ मुरी धान फल्ने खेत पुरेको हो । खेतमा रहेको धान समेत नष्ट भएको हो ।
यसैगरी खेतमा गोठमा (ग्वाली) बाँधी राखेको भैंसी समेत पहिरोले पुरिएर मरेको इप्रका ऐसेलुखर्कका प्रहरी सहायक निरीक्षक विवेक कुमार तिवारीले जानकारी दिएका छन् । अहिले तिवारी नेतृत्वको टोलि घटनास्थलसहित आसपासमा रहेको बताइएको छ ।