विराटनगर । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा अविरल वर्षापछि सडक भासिएको छ। कोशी लोकमार्ग लगभग १० मिटर सडक भासिएपछि एकतर्फी सडक अवरोध भएको छ ।
यद्यपी साना सवारी साधन आवतजावत भईरहेको प्रहरीले जनाएको छ । ्घटनापछि इलाका प्रहरी कार्यालय भेडटार धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा सातजना प्रहरी त्यहाँ खटिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धु्रवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
प्रहरी टोलीले बाटो खुलाउने प्रयास गरिरहेको धनकुटा प्रहरीले जनाएको छ । इप्रका भेडेटार बाट अन्दाजी सात किलोमिटर पूर्वउत्तरमा सडक भासिएको हो ।