मोन्था चक्रवातको प्रभाव : मोरङको सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा

<span class='c1'>मोन्था चक्रवातको प्रभाव : मोरङको</span> <span class='c2'>सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा</span>

विराटनगर कार्तिक १४ ,

 बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभावले मोरङ जिल्लामा लगातार वर्षा भइरहेको छ । जिल्लाभित्र सबैभन्दा बढी वर्षा मोरङको सुन्दरहरैंचामा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्ला १२ घण्टामा सुन्दरहरैंचामा १४०.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जसले स्थानीय जनजीवन प्रभावित पारेको छ । लगातारको वर्षाका कारण बस्ती तथा बजार क्षेत्र पानीमा डुबान भएका छन् भने केही ठाउँमा सडक अवरुद्ध भएका छन् ।

वर्षापछि स्थानीय नदीनाला बढेका छन् र किसानले कटान तथा बाली क्षतिको चिन्ता व्यक्त गरेका छन् । प्रहरीले पनि स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही घण्टासम्म पूर्वी भूभागमा मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना रहेको छ । स्थानीय प्रशासनले आकस्मिक उद्धार र तयारी अवस्थामा रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्