विराटनगर । झापा शिवसताक्षी नगरपालिका–१० का सरोज शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी फेला परेको छ । शनिबार बिहान कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको अवस्थामा भेटिएको हो।
दुई दिनअघि शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी जलेको दुई दिनपछि बिरिङ पुलमुनी शव भेटिएपछि घटनालाई हत्या भएको आशंका गरिएको छ।
शर्मा गत कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। झन्डै सात दिनपछि उनको शव फेला परेको हो। घटनाबारे झापा प्रहरीले अहिले अनुसन्धान जारी राखेको छ।