“बालेन अब संयमित बन्नुपर्छ, विवेकशील बन्नुपर्छ” – विवेक दाहाल 

<span class='c1'>“बालेन अब संयमित बन्नुपर्छ, विवेकशील</span> <span class='c2'>बन्नुपर्छ” – विवेक दाहाल </span>

“यो देशमा म एउटा मानिस खोजि रहेछु” गायक शिशिर योगीको यो गीत केवल शब्दको संगालो होइन, यो त नेपाली जनताको मनभित्रको आवाज हो। दशकौँदेखि नेपाली जनता त्यही मान्छे खोज्दै छन्  जसले देशलाई दलभन्दा माथि, सत्ता भन्दा टाढा र स्वार्थभन्दा पर राखोस्।
तर आजसम्म पनि त्यो मानिस हामीले भेट्न सकेका छैनौं।

हाम्रो इतिहास आन्दोलनले भरिएको छ। पटक पटक जनताले त्याग गरे, बलिदान दिए, हरेक चुनावमा नयाँ आशा गरे  तर हरेक पटक निराशाको भोज नै खान बाध्य भए। कुनै नेताको अनुहारमा उज्यालो आशा देख्दा पनि त्यसको पछाडिको वास्तविकता अँध्यारो साबित भयो। आशा गर्दा गर्दै हाम्रा धेरै पुर्खाहरुले पर्खिरहेको त्यो मानिस अझै पाएको छैनौ हामीले जस्तो लागिरहेको छ । बिचमा केहि नेतामा त्यो अनुहार पनि देखेका हुन् नेपाली जनताले तर त्यो अनुहार पछाडीको त्यो आशा सधै हामी नेपालीको लागि निराशाजनक नै बन्दै गएको छ । आखिर यति धेरै आन्दोलन भए , चुनाव भए , जनताले त्याग गर्नु पर्ने बेला सधै देशको लागि त्याग गरेकै छन् तर पनि किन सधै निराशा नै भोज्नु परिरहेको छ ? जनताले आशा गरेका मानिसबाट पनि बारम्बार धोका पाउदा के अब नेपाली जनताले आशा गर्ने छाड्नु पर्ने हो ?

तर, केही वर्ष अघि एउटा नयाँ नामसँग देशले फेरि उज्यालो खोज्यो  बालेन्द्र शाह (बालेन)। “म देशको राजधानी काठमाण्डौंको मेयर बन्छु, मलाई साथ दिनुहोस्” उनको यो वाक्यले देशभरका युवाको मुटु छोयो। बालेन अब केवल व्यक्ति थिएनन्, उनी एउटा प्रतीक बने परिवर्तनको, विद्रोहको, र देशप्रेमको। काठमाण्डौं मात्र होइन, सम्पूर्ण नेपालले उनलाई साथ दिए। देशभर “बालेन सिटी”को चर्चा भयो, देशका केहि चोकको नाम उनको नामले फेरिए, सडकका भित्तामा उनका पोस्टर टाँसिए, बच्चाबच्चाले उनको चस्मा र टी–शर्ट लगाए। नेपाली जनताले लामो समयपछि कुनै नेतालाई यति गहिरो माया गरेका थिए।

तर, प्रश्न उठ्छ  के बालेनले त्यो माया र आशालाई न्याय दिन सकेका छन त ?  सामाजिक सञ्जालका विवादित अभिव्यक्तिहरू, जनतासँग प्रत्यक्ष संवादको कमी र हालको राजनीतिक अस्पष्टताले जनताको बिश्वास धमिलो बन्दै गएको छ। “न नेता बन्ने, न नेतृत्व लिने” संकेतले जनताभित्रको आशा फेरि भत्किंदैछ।यदि बालेनले नेतृत्व लिन डराउँछन्, अवसर पाउँदा पछाडि हट्छन्, भने त्यो ‘वैकल्पिक सोच’को अर्थ के रहन्छ र ? हामीलाई हिन्दी चलचित्र “नायक” को त्यो संवाद याद नै होला , जब अनिल कपूर राजनीतिमा आउन नचाहँदा परेश रावलले उनलाई भन्छन्,
“जब जनता तिमीमा यति भरोसा गर्छ, तब भाग्ने होइन, अगाडि सर्ने बेला हो।”

बालेनको लागि यो क्षण त्यही हो ,जहाँ देशले उनीमाथि आशा राखेको छ। डियर बालेन, अहिले तिमि त्यो पोजिसनमा छौ जहाँबाट लिड लिएर देशको मुहार परिवर्तन गर्न सक्ने अवस्था बन्ने छ , कृपया संयमित हौ, सामाजिक सञ्जाललाई असन्तुष्टि पोख्ने माध्यम होइन, सिर्जनाको हतियार बनाउ।

बालेन अब संयमित बन्नुपर्छ, विवेकशील बन्नुपर्छ किनभने अब देशले र नेपाली जनताले बालेनलाई असफल हुने छुट दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्