सुनसरीको तरहरामा राष्ट्रिय युवा सम्मेलन २०२५ हुदै

<span class='c1'>सुनसरीको तरहरामा राष्ट्रिय युवा</span> <span class='c2'>सम्मेलन २०२५ हुदै</span>

विराटनगर कार्तिक २०, आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा आयोजना हुने “राष्ट्रिय युवा सम्मेलन २०२५ दिगो कृषि प्रणालीका लागि” आगामी मंसिर ५ देखि ७ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय तरहरामा सम्पन्न हुने भएको छ।

“जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्रवर्तन” भन्ने मूल विषयवस्तुसहितको सम्मेलनले कृषि तथा वातावरण क्षेत्रका युवा नेतृत्वकर्ता, नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य लिएको जनाइएको छ ।

कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय समिति जीपीसीएआरले संयुक्त रूपमा आयोजना र समन्वय गर्दैछन्।

यसले पूर्वी नेपालको कृषि शिक्षा, अनुसन्धान, नवप्रवर्तन र युवा सहभागिता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

खासगरी सम्मेलनमा राष्ट्रियस्तरका कृषि विज्ञ, जलवायु परिवर्तनका अभियन्ता, नीति–निर्माता, अनुसन्धानकर्ता, शैक्षिक तथा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका सरोकारवाला र सामुदायिक विकासमा संलग्न संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्।

युवाहरूको सहभागिताले नीति संवाद, व्यावहारिक समाधान पहिचान र युवा नेतृत्वमा आधारित कार्ययोजनालाई थप प्रभावकारी र परिणाममुखी बनाउने विश्वास लिइएको आयोजक समितिका संयोजक प्रभाव कटवालले बताए।

कार्यक्रममा समूह छलफल, विशेषज्ञ सत्र, क्षमता विकास कार्यशाला, परियोजना प्रदर्शन (परियोजना प्रस्तुतिकरण) तथा दिगो कृषि अभ्यास सम्बन्धी क्षेत्र अवलोकनजस्ता गतिविधिहरू समावेश हुने उनले बताए। कार्यक्रममासहभागी युवाले व्यावहारिक सीप, सहकार्य सञ्जाल निर्माण र नीतिगत सोचमा स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको कटवालको भनाइ छ।

राष्ट्रिय युवा सम्मेलन २०२५ को मुख्य उद्देश्य युवा आवाजलाई कृषि नीति र कार्यान्वयनमा प्रभावकारी रूपमा प्रविष्ट गराउने, युवाबीच सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, र दिगो तथा जलवायु–अनुकूल कृषि प्रणाली निर्माणमा युवालाई केन्द्रीय भूमिकामा स्थापित गर्नु रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्