सदस्य सचिव नियुक्तिमा ढिलाई, खेलक्षेत्रका अगुवाले गुहारे कोशीका मुख्यमन्त्री

<span class='c1'>सदस्य सचिव नियुक्तिमा ढिलाई, खेलक्षेत्रका</span> <span class='c2'>अगुवाले गुहारे कोशीका मुख्यमन्त्री</span>

विराटनगर । कोशी प्रदेशका खेलकुद अगुवाहरुले प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव नियुक्तिमा भइरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरेका छन् । बुधबार खेल सम्बद्ध १६ वटा संघका प्रतिनिधिले प्रमुख सचिव चन्द्रकला पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । मुख्यमन्त्री कार्कीले समय दिएर पनि ज्ञापनपत्र बुझाउन पुग्दा कार्यालयमा नभएपछि प्रमुख सचिवलाई बुझाउनु परेको थियो ।

नेपाल कराँते महासंघका कोशी प्रदेश महासचिव तथा मोरङ अध्यक्ष राम लिम्बुले सरकारले योग्य व्यक्ति नदेखेर राजनीतिक भागबण्डा गर्दागर्दै ढिलाई भइसकेको आरोप लगाएका छन् । उनले कोशी प्रदेश सरकार गम्भीर भएर सदस्य सचिव नियुक्ति गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव तत्काल नियुक्त गर्नुपर्ने माग गरेका छन् । जसका लागि विभिन्न मापदण्ड पालना गरिदिन सुझाव समेत दिइएको थियो । सदस्य सचिव नहुँदा दशौं राष्ट्रिय खेलकुद लक्षित तयारीमा समस्या भएको भन्दै तत्काल यसमा चासो दिन भनिएको हो । जसमा तीन पटकसम्म राष्ट्रिय खेलकुदमा सहभागी भएको, कोच वा रेफ्रिको लाइसेन्स प्राप्त गरेको रस्पोर्टस साइन्स (एनआइएस) अध्ययन गरेको अनिवार्य हुनुपर्ने ।
यसैगरी साउर्थ एशियन ओलम्पीएन कोहि भए उसैलाई प्राथमिकता दिएर नियुक्त गर्न समेत माग गरिएको छ । उनीहरुले विगतको जस्तो राजनीतिक दलका कार्यकर्ता नियुक्त नगर्न पनि आग्रह गरेका छन् । यस अगाडीका हंशराज वाग्ले र पर्शुराम बस्नेतले खेलकुद विकास बोर्ड भाँडेको धेरै खेलकुद अगुवाहरुको गुनासो पनि छ ।
विगतमा बृहत देशव्यापी राष्ट्रपती खेलमा गोल्ड मेडल शून्यमा सिमित हुन परेको स्मरण गराइएको छ । राष्ट्र खेलकुदबाट मान्यता प्राप्त विभिन्न खेल संस्थाहरु रहँदारहँदै तदर्थ समिति गठन गरी खेल र खेलाडीको भविष्य डामोडोल पारिएको आरोप छ । निवर्तमान सदस्य सचिव बस्नेतले राजनीतिक दलका आधारमा खेलकुद विकास बोर्डको सदस्य सचिव हुँदा यस्ता काम गरेका थिए ।

यसैगरी खेलकुद विकास बोर्ड राजनीतिक भागबण्डा गर्ने थलो नबनाउन पनि अनुरोध गरिएको छ । ज्ञापनपत्र बुझाउनेमा नेपाल कराँते महासंघका कोशी प्रदेश महासचिव तथा मोरङ अध्यक्ष राम लिम्बु, सफ्ट टेनिसका खेलाडी दिनेश कर्ण, जिल्ला एथलेटिक्स संघ अध्यक्ष आभास बुढाथोकी, कोशी प्रदेश खोखो संघ महासचिव तथा मोरंग जिल्ला अध्यक्ष बिस्कुलाल चौधरी, तेक्वान्दो प्रशिक्षक तथा सदस्य द्वारिका रेग्मी, सितोरियो कराँते संघ अध्यक्ष चन्द्र पराजुली, सितोरियो कराते संघ केन्द्रिय सदस्य धर्म न्यौपाने, उसु राष्ट्रिय खेलाडी रामे राजवंशी, फुल कन्ट्याक्ट कराँते मोरङ अध्यक्ष तथा मोईथाई गोपाल, खेलकुद अगुवा किशोर शाही, फुटबल राष्ट्रिय खेलाडी अनुप खनाल, चेस खेलाडी श्याम राई, राष्ट्रिय खेलाडी किक बक्सिङ इश्वर माझी, भलिबल खेलाडी सलमान माझीसहित विवेक थापा र साहिल गिरी सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्