हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित

<span class='c1'>हङकङ सुपर सिक्सेस क्रिकेट</span> <span class='c2'>प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित</span>

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार बिहान हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तान १७ रनले विजयी भएको हो।

छ ओभरको खेलमा अफगानिस्तानले पाँच विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहेको नेपालले दुई विकेट गुमाएर ९५ रन बनायो। नेपालले आफ्नो दोश्रो खेल शनिबार बिहान ६ बजे साउथ अफ्रीकासंग खेल्ने छ ।

प्रतियोगितामा कुल १२ राष्ट्र सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ। नेपाललाई दक्षिण अफ्रिका र अफगानिस्तानसँगै समूह ‘ए’ मा राखिएको छ। समूह ‘बी’ मा अष्ट्रेलिया, इङ्ग्ल्याण्ड र युएई छन्, समूह ‘सी’ मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र आयोजक हङकङ छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्