ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

<span class='c1'>ओलीद्वारा जेनजी आन्दोलनको आलोचना :</span> <span class='c2'>‘युवाको नाममा अराजकता मच्चाइयो’</span>

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन् । उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरुलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाई गर्न खोजियो । तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो, जुन जेनजी आन्दोलनमा देखियो ।’उनले यस्तो अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेषगरी युवाका काँधमा रहेको बताए ।
ओलीले भने, ‘युवाहरुको काँधमा जिम्मेवारी यस कारण पनि आएको हो कि जेनजी भन्ने कुरा कुनै मानव विकासको अवधिसँग होइन, कम्प्युटर साइन्सको विकास अवधिसँग सम्बन्धित हो । तर त्यसलाई युवाहरुसँग जोडेर, उनीहरुलाई भावनात्मक रूपमा प्रयोग गर्न खोजियो ।’उनले जेनजी आन्दोलनका नाममा उठाइएका मागहरु मध्ये धेरै जायज रहेको पनि बताए ।

‘भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरुले राम्रा मागहरु राखेका थिए,’ ओलीले भने, ‘तर ती माग, आन्दोलन र मुद्दा युवाहरुका हातबाट खोस्ने तत्वहरु पहिले नै त्यहाँ जम्मा भइसकेका थिए । युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो ।’
अध्यक्ष ओलीले भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी पनि गरे । उनले भने ‘२४ गतेको हिंसा र क्षति २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन । त्यो त घटना हुनुभन्दा पहिले नै म्याप बनाई योजना अनुसार गरिएको थियो ।’ओलीले युवाहरुलाई संयमित, जिम्मेवार र देशहितमा उभिन आह्वान समेत गरे । ‘हामीले यस्तो परिस्थिति निरन्तर रहन दिनु हुँदैन । यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ, त्यसैले युवाले भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्