मधेसमा आफ्नो दलबाट सरकारमा मन्त्री नियुक्तलाइ फिर्ता हुन लिङदेनको निर्देशन

<span class='c1'>मधेसमा आफ्नो दलबाट सरकारमा मन्त्री</span> <span class='c2'>नियुक्तलाइ फिर्ता हुन लिङदेनको निर्देशन</span>

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो दलबाट मधेस प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन विच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् । सोमबार (कात्तिक २४) बिहान सामाजिक सञ्जालमा उनले मधेस सरकारमा राप्रपाको सहभागिताप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

मन्त्रीबाट तत्काल फिर्ता नभए विच्छालाई पार्टी कारबाही गर्ने उनले चेतावनी पनि दिएका छन् ।

“यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ,” उनले लेखेका छन्, “अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु ।”

सोमबारै बिहान करिब ४ बजे मधेसको मुख्यमन्त्रीमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सरोजकुमार यादव नियुक्त भएका छन् । राप्रपाकी विच्छासहित तीनजनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्