किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

<span class='c1'>किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१</span> <span class='c2'>औं जन्मजयन्ती आज मनाइँदै</span>

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ ।
विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको आज जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका फाल्गुनन्दले समाज सुधारका लागि सत्य धर्म मुचुल्का जारी गरेका थिए ।

समाज सुधारका लागि निमार्ण गरिएको सत्य धर्म मुचुल्का १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका महत्वपूर्ण योगदान गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । यसका साथै, झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ ।

त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्