विराटनगर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले विराटनगरमा वृहत मोटरसाइकल र्याली निकालेको छ । विराटनगर सहित छिमेकी पालिका कमिटीहरूसँगको सहकार्यमा मंगलबार दिउसो विराटनगरमा वृहत मोटरसाईकल निकालेको हो । जेनजी आन्दोलनकारीको माग सम्बोधन गर्न संविधान संशोधनबाट मात्रै हुने भएकाले त्यसका लागि संसद पुनस्र्थापना हुनुपर्ने माग सहित मोटरसाईकल र्याली निकालिएको महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।




मोटरसाइकल ¥यालीमा विराटनगर महानगर कमिटीको नेतृत्वमा जहदा, कटहरी, धनपालथान, ग्रामथान र बुढीगंगासहित जम्मा ६ वटा कमिटीबाट सयौंको संख्यामा सहभागी भएका थिए । पाटी कार्यालय पाञ्चालीबाट सुरु भएको मोटरसाइकल र्याली रानी हुदै पुष्पलाल चोकमा पुगेर कोणसभा गरेको छ ।