कोशी प्रदेश सभा कटहरीमा सारियो, हिउँदे अधिवेशन चाँडै सुरु हुने तयारी

<span class='c1'>कोशी प्रदेश सभा कटहरीमा सारियो, हिउँदे</span> <span class='c2'>अधिवेशन चाँडै सुरु हुने तयारी</span>

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको कोशी प्रदेश सभा भवन अब कटहरीस्थित फलफूल तथा कृषि थोक बजार संरचनामा सारिएको छ । नयाँ स्थलमा प्रदेशसभा सचिवालय स्थापना गरिएको छ । जहाँ सभामुख, उपसभामुखसहित प्रदेशसभाका प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार गरिएको छ। प्रदेश सभा सचिवालयको पुनर्संरचना कार्यलाई तीव्रता दिने कार्य तिव्र बनाइएको छ ।

नवनियुक्त प्रदेश सभा सचिव सुदर्शन खतिवडाले बुधबार सपथ ग्रहण गरेका छन्। उनलाई सभामुख अम्बर बहादुर बिष्टले सपथ गराएका हुन्। उपसभामुख सिर्जना दनुवारका अनुसार सचिवालय व्यवस्थापन र कार्यालय सञ्चालनको काम तीव्र गतिमा अघि बढाइएको छ। उनले अबको केही दिनमै प्रदेश सभाको बैठक सुरु हुने जानकारी दिइन्।

उनका अनुसार कार्यालय व्यवस्थापन पूरा भएपछि प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर दोस्रो साताभित्र सुरु गर्ने तयारी भइरहेको छ। जेनजी आन्दोलनका क्रममा मोरङको देवकोटा चोकस्थित पुरानो कोशी प्रदेश सभा भवनमा अराजक समूहले आगजनी गरेपछि सम्पूर्ण सचिवालय तथा अभिलेखहरू नष्ट भएका थिए। त्यसपछि वैकल्पिक रूपमा कटहरीको कृषि थोक बजार भवनलाई प्रदेश सभाको अस्थायी कार्यस्थल बनाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्