पूर्व उर्जामन्त्री खड्काले जग्गा हडपेर बनाएको संरचनामा काठमाडौं महानगरले चलायो डोजर

<span class='c1'>पूर्व उर्जामन्त्री खड्काले जग्गा हडपेर बनाएको</span> <span class='c2'>संरचनामा काठमाडौं महानगरले चलायो डोजर</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।

नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो । उक्त समयसिमा भित्र पनि खड्काको कम्पनीले भाडा नबुझाएपछि आज महानगरले स्काउटको जग्गामा बनेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको हो । उक्त जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो । सम्झौता गरेको समय अवधि सकिएपनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको जग्गा खाली गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्