मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री

<span class='c1'>मुलुकमा सुशासन दिन सकिएन भने</span> <span class='c2'>विद्रोहको खतरा छ : गृहमन्त्री</span>

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् । बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स्थितिलाई सामान्य बनाउन हरसम्भव प्रयास गरेको बताएका हुन् ।उनले भने, ‘असामान्य स्थितिपछिको सरकार बनेकाले स्थितिलाई सामान्यकरण गर्दै विधिको शासन वहाली गर्दै सुरक्षाको प्रत्याभुति दिनुपर्ने अवस्थामा छौं । त्यो चरणवद्ध काम भएकाले सुरुको चरणमा स्थिति सामान्यीकरणमा लागेका हौं,’ उनले थप भने, ‘चुनावलाई स्वतन्त्र र भयरहित त्यसको सुनिश्चता नै सरकारको म्यान्डेट हो । निर्वाचन पहिलाको भन्दा अझ सुदृढ हुनुपर्छ भन्ने मान्यता हो । त्यसमा हामी सचेत छौं ।’उनले स्थितिलाई सामान्य बनाउन नसके द्वन्द्व दोहोरिने र राष्ट्रिय सुरक्षा चुनौति बढ्ने पनि बताए ।

‘तत्काल द्वन्द्व दोहोरियो भने के होला, सामान्य जिउधनको मात्र नभएर राष्ट्रिय सुरक्षा चुनौति नै हुनसक्ने भएकाले कुनैपनि अवस्थामा द्वन्द्व दोहोरिनु हुँदैन् । सामान्य बनाउन हरसम्भव प्रयास गरेका हौं,’ उनले भने । उनले सुशासन दिन नसके विद्रोह हुने भन्दै सुशासन सरकारको नियमित काम भएको समेत बताए । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारीको सम्बन्धमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्