मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता

<span class='c1'>मधेश प्रदेशका सभामुख रामचन्द्र</span> <span class='c2'>मण्डल माथि महाभियोग दर्ता</span>

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ ।
सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ ।

सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ । प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको निर्देशन बमोजिम पटक पटक सभा संचालन गरेको, विपक्षी दलका उपस्थिती बिना पनि सभा संचालन गरेको लगायतका आरोपहरु उल्लेख रहेको छ ।

केही दिन अघि पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन आह्वान गरेको प्रदेश सभा बैठकमा सोनल लगायत मन्त्रीपरिषदका सांसदहरु उपस्थिती नरहेको बावजुद सभा सुचार गरेका थिए । विवाद बढेपछि निवर्तमान मुख्यमन्त्री सोनलदे प्रदेश सभा बैठकमै राजिनामा घोषना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्