नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै आएको विराटनगर किंग्सलाई यस वर्ष पनि एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ।

गत वर्षको सहकार्यलाई निरन्तरता दिँदै एभरेस्ट बैंकले फेरि एकपटक टिमसँग हातेमालो गरेको हो।
आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहबीच विराटनगर किंग्स र एभरेष्ट बैंकबीच प्रायोजन सम्झौता सम्पन्न भयो। सम्झौतामा विराटनगर किंग्सका प्रतिनिधि बैंकटेस मुन्दडा र एभरेष्ट बैंकका प्रदेश प्रमुख सुधिर गौतमले औपचारिक रूपमा हस्ताक्षर गरेका थिए।
सम्झौता कार्यक्रममा विराटनगर किंग्सका मालिक पारस लुनियाँ, जयश लुनिया एभरेष्ट बैंकका कर्मचारीहरू तथा अन्य आमन्त्रितहरूको उपस्थिति थियो।