इटहरीमा लागूऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

<span class='c1'>इटहरीमा लागूऔषधसहित फार्मेसी</span> <span class='c2'>सञ्चालक दम्पती पक्राउ</span>

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ बाट ठूलो परिमाणको लागूऔषधसहित एक फार्मेसी सञ्चालक दम्पती पक्राउ परेका छन्।

विशेष सुराकीका आधारमा गरिएको छापामारीपछि जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार इटहरी–१२ का ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा लुकाइराखिएको ट्रामाडोल १९ हजार ८०० क्याप्सुल तथा नियन्त्रित औषध डिकोलिक चार हजार ट्याब्लेट बरामद गरिएको छ । चौधरी ‘नसिव फार्मेसी’ सञ्चालन गर्दै आएका व्यक्ति हुन् ।

लागूऔषध बरामद भएपछि चौधरी र उनकी श्रीमती सम्झना चौधरी दुवैलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्