दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग : अभिव्यक्तिको कारण पक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्‌

<span class='c1'>दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग : अभिव्यक्तिको कारण</span> <span class='c2'>पक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्‌</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ ।

मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ ।’

प्रसाईँलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा आयोगले अनुगमन समेत गरेको छ । आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी लिएको हो । प्रसाईँलाई आज राती १२.३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्