जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : ओली

<span class='c1'>जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने</span> <span class='c2'>अभिव्यक्ति पार्टीविरुद्धको हमला : ओली</span>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् । यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो । हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो । जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के ? परिस्थिति त्यस्तो बन्यो त्यहाँ भनेर प्रहरीले भनिराखेको छ ।’त्यस्तै, उनले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भएको भन्दै अहिलेको सरकार त्यही षडयन्त्रबाट आएको ‘सो कल्ड’ सरकार भन्दै व्यङग्य गरे । अध्यक्ष ओलीले संसद् पुनस्र्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गर्दै आन्दोलन शान्तिपूर्ण, संविधान र लोकतन्त्रको पक्षमा हुने जानकारी दिए ।

आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्