विराटनगर, २०८२ मंगसिर ४
विराटनगर बास्केटबल एकेडेमीले ब्याचलर लेभल ३x३ बास्केटबल टुर्नामेन्ट मंसिर १८, २०८२ (डिसेम्बर ४, २०२५) मा बिराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा–मोरङ आयोजना गर्ने जनाएको छ।
प्रतियोगितामा छात्र तथा छात्रा दुबै समूहमा सहभागिता जनाउन सकिनेछ। कलेजहरूले एक वा बढी टिम सहभागिता गराउन सक्नेछन् भने खेल FIBA 3x3 नियम अनुसार हुनेछ। प्रतियोगिताका लागि टिम दर्ता मंसिर १४, २०८२ भित्र गर्नुपर्नेछ। त्यस्तै, मंसिर १६, २०८२ मा सबै टोलीका कप्तान तथा प्रतिनिधिहरूको उपस्थितिमा टाइसिट ड्र गरिनेछ।
मोरङका विभिन्न कलेजका ब्याचलर तहका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिन लागेको यो प्रतियोगिताले युवाहरूमा खेल कौशल, नेतृत्व क्षमता र समुहगत कार्यदक्षता बढाउने उद्देश्य रहेको कार्यक्रमको संयोजक मुकेश यादवले जानकारी दिएका छन् ।