धनकुटा मङ्सिर ५,
धनकुटाको पाख्रिबासमा शुक्रबार बिहान भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको धनकुटा अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अझै स्पष्ट नभएको र थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।