मोरङमा ४४ हजार ४०३ ले दर्ता गरे मतदाता नामावलीमा नाम

<span class='c1'>मोरङमा ४४ हजार ४०३ ले</span> <span class='c2'>दर्ता गरे मतदाता नामावलीमा नाम</span>

मोरङ । नयाँ मतदाता दर्ताका लागि निर्वाचन आयोगले गरेको दोस्रो चरणको अन्तिम आह्वान शुक्रबार सकिएको छ। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानको अन्तिम दिन मंसिर ५ गते साँझ ४ बजे सम्म जिल्ला कार्यालयमा कुल १६ हजार ४१३ जना नयाँ मतदाताले नामावलीमा आफ्नो नाम दर्ता गराएका छन्।

सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार दर्ता गराउनेमध्ये महिला ७ हजार ७१६ र पुरुष ८ हजार ६९६ जना रहेका छन् ।अन्य एकजना रहेका छन् । दुवै समूहको सक्रिय सहभागिताबाट यसपटक मतदाता दर्तामा उल्लेख्य उत्साह देखिएको उनले बताए। यससँगै अनलाइन प्रणालीमार्फत कात्तिक ३० गतेदेखि मंसिर ५ गते शुक्रबारसम्म २७ हजार ९८९ जनाले मतदाता नामावलीमा दर्ता गरेका छन्। एक जिल्लाबाट अर्को जिल्लामा नाम सार्नका लागि २ हजार ८६२ जनाले निवेदन दिएका छन् भने ५५१ जनाले नामावली सच्याउन अनुरोध गरेका छन्। तर, दर्ता भएकामध्ये सबै मतदाता चाँहि हैनन् । कारण नामावलीमा दर्ता हुन १६ वर्ष उमेरमा गरेपनि मतदान अधिकार १८ वर्षमा मात्रै रहेको छ ।

अधिकारीका अनुसार गत चुनावको तुलनामा यो पटक विशेषगरी जेन्जि उमेर समूहका युवाहरूको उल्लेखनीय सक्रियता देखिएको छ । दर्ता समय सकिएसँगै अब दर्ता भएका सबै विवरण रुजु गर्ने कार्य सुरु हुने जनाइएको छ। यससँगै केन्द्रबाट प्राप्त कार्यतालिका अनुसार आगामी चरणका कामहरू अघि बढाइने पनि निर्वाचन कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्