सिमरा घटनाः प्रशासन र जेनजी समूह बिच सहमति

<span class='c1'>सिमरा घटनाः प्रशासन र</span> <span class='c2'>जेनजी समूह बिच सहमति</span>

रौतहट । बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूह बिच तिन मौखिक तीन विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत तीन वटा विषयमा छलफल गरि सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकरात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए । उनले पक्राउ पर्न बाकीँ रहेकालाइ नियन्त्रणमा लिएर निष्पक्ष कार्वाहीको माग गर्दै ३ दिनसम्म पर्खने बताएका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार रहेका अभियुक्तलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै किसिमको लापरबाही र ढिलासुस्ती नगर्ने बताए । प्रशासन र जेनजी समूह बिच भएको सहमति संगै शनिबार सिमराको जनजीवन समान्य बनेको छ भने यातायात निर्वाध रुपमा संचालनमा रहेको छ ।

यता बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छ ।जेनजी समुह र एमाले कार्यकर्ता बीचको झडप पछि दुई दिन देखि सिमरा अशान्त बनेको थियो । सोहि घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर सरुवा गरिएको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा आउने भएका छन्।
एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण केहि दिनदेखि सिमरा अशान्त बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्