प्रेम देवान
विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पछिल्लो समय राजनीतिक, सामाजिक, कानुनी रुपमा चौतर्फी आक्रमण भइरहेको छ । यसको पछाडी उनको व्यावहार हो या अहिलेको समय परिस्थिती ? यसको जलन्त उदारहण जेन्जी आन्दोलनपछि हेरीरहेका छौ, अनि देखिरहेका पनि छौँ ।
वास्तममा भन्नुपर्दा नेकपा एमाले भित्र खुलेर अनि आँट गरेर बाहिर निस्कने एक मात्र नेता महेश बस्नेत हुन भन्दा फरक नपर्ला । किनकी भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि नेकपा एमालेका नेताहरु धेरै भुमिगत भए । तर महेश बस्नेत भने ३ दिन मै सार्वजनिक भए । उनी सार्वजनिक भए लगतै राजनैतिक विषय र जेन्जी आन्दोलनबारे खुलेरै टिका टिपणी गरे । अनि त्यसपछि सुरु भयो बस्नेतमाथि राजनैतिक अनि सामाजिक रुपमा हमला । जेन्जी आन्दोलनमा ७० जनाको हत्या पनि महेश बस्नेतको पार्टीको सरकार हुँदा भएको पनि आरोप लागिरहन्छ ।
तर त्यो भन्दा पनि अर्को नैतिक ठुलो गम्भिर आरोप आफ्नै पार्टीका कार्यकर्ताद्धारा यौन दुव्र्यहार र बलात्कार पनि छ । आफुलाई प्रेमीका बताउने शोभा पाठकले सामाजिक संजालमा हरेक दिन जसो आफू माथि बलात्कार भएको आरोप लगाउदै आएकी छिन् । उनको यो आरोपले बस्नेतको राजनीतिक दैनिकीमा निकै ठुलो सामाना पनि व्यहोरीरहनु परेको छ । पाठक र बस्नेतको यो मुद्धा अहिले पनि अदालतमा विचराधिन रहेको छ । बस्नेत माथि लाग्ने यस्ता आरोपहरूले उनको सार्वजनिक छवि र वैधता माथि गम्भीर सवाल उठाईहेको छ ।
यति हुदै गर्दा फेरी बस्नेतले जेनजी आन्दोलन पछिका आक्रमणहरु त झन दिनहु जसो सामना गरिहनुपरेको छ । केहीदिन अघि मात्रै बारा जिल्लाको सिमारामा भएको कार्यक्रमको लागि जान नपाउने गरी अवरोधको सामना नै व्योहोर्नुपर्यो । त्यसको भोलीपल्ट पुन काठमान्डौमा भएको एक कार्यक्रममा भाषण गरिहँदा एक युवाले कालो झण्डा देखाएर विरोध नै जनाए । हुँदाहुँदा आज विराटनगरमा पनि महेश बस्नेतले सामाजिक रुपमा बहिस्कार खेप्नु परेको छ । भदौ २३ को आन्दोलनमा सहभागि भएका विराटनगरका दुई युवाले बस्नेत सवार गाडीमा रातोमसि छ्याप्न पुगे । काठमान्डौदेखी सुनसरी जिल्लाको ईटहरीमा भएको कार्यक्रममा आईतबार विहान आएका बस्नेतलाई आफुलाई जेन्जी मान्दै आएका युवा अरपीत कुवँरले कालो गाडीमा कुद्दै रातोमसी छ्यापे । तत्काल सादा पोसाकमा रहेका प्रहरीले उनलाई लछारपसार गर्दै नियन्त्रणमा लियो । साथै उनलाई सहयोग गर्ने संजोग गौतमलाई पनि नियन्त्रणमा लियो । प्रहरीको नियन्त्रणमा रहेका युवाहरुले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत गाली गर्दै महेश बस्नेत विरुद्ध बहिस्कारका आवाज लगाईरहेका थिए ।
महेश बस्नेत भन्ने नाम एमालेको युवा पङ्क्तिमा लामो समयदेखि छ । उनी पार्टीका महत्वपूर्ण युवा नेतामध्ये एक हुन् । बस्नेतले समय–समयमा बोल्ने शैली, क्रियाशीलता, र आक्रामक रणनीति ल्याएर आफूलाई स्थापित गरेका छन् । उनलाई एमालेका गुण्डा र डन हुन् भन्ने ट्याग पनि लागिरहन्छ । तर, उनको इतिहास कमजोर पनि छैन । उनै महेश बस्नेत २३ वर्षको हुँदा भक्तपुरको गुण्डु गाविस हुँदा वडा अध्यक्षको रुपमा निर्वाचित भएर देशभर चर्चामा आएका थिए । त्सपछि पनि उनी भक्तपुरबाट नेकपा एमालेको उमेदवारको रुपमा प्रतिनिधिसभामा उमेदवार बन्दै आएका छन् र र, उनी निर्वाचित पनि हुँदै आएका छन् ।
उनीमाथि निरन्तर आरोप र सार्वजनिक प्रतिरोधले बस्नेतको व्यक्तिगत र राजनीतिक वैधतामा प्रश्न उठाउन सक्छ । यदी कानूनी जाँचहरूले प्रमाणित गरेर उनलाई दोषी मान्छन् भने, यो उनलाई र उनको पार्टीलाई दीर्घकालीन हानि पुर्याउन पनि सक्छ । तर, उनीमाथिको हिँडडुलमा लगाउन खोजिएको अवरोध लोकतन्त्रलाई नै असर गर्दछ । यो अवस्था सिर्जना आउन नदिनको लागि अब आउनेदिनहरुमा महेश बस्नेतले पनि आफ्नो बोली र व्यावहारमा पनि केही सुधार गर्ने पो हो की ः