इलाम पुगेर विश्वप्रकाश भने : विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?

<span class='c1'>इलाम पुगेर विश्वप्रकाश भने : विपद्मा</span> <span class='c2'>नभेटिएको सरकार भेटिने कहिले हो ?</span>

काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो भन्दै प्रश्न गरेका छन् । सोमबार इलाम पुगेर उनले सरकार भनेको व्यक्ति नभई संस्था भएको भन्दै उनले इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत, उद्दार र पुनःस्थापनाको कामको गति अभिलम्व बढाउन माग गरे ।

उनले भने,‘सरकार भनेको व्यक्ति होइन्, संस्था हो । त्यसैले प्रधानमन्त्रीले अभिलम्ब पहल गरेर इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत दिन उद्दार पुनःस्थापना कामको गति बढाउन आग्रह गर्न चाहन्छु । यसमा हामीले सबैले ऐक्यवद्धता जनाउँछौं तर केन्द्रीय सरकारको भूमिका खोज्न आवश्यक छ । इलाम आएर म केन्द्रीय सरकार खोज्न चाहिरहेको छु । इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?’ त्यस्तै उनले सरकार चाहे जसको भएतापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्