विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर सम्पन्न, भोली मंगलवार विवाह महोत्सव

<span class='c1'>विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर</span> <span class='c2'>सम्पन्न, भोली मंगलवार विवाह महोत्सव</span>

जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गतको पाँचौ दिन आज (सोमबार) मटकोर सम्पन्न भएको छ ।

जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माता सीतको रुपमा रहेकी बालिकाको मटकोर विधि सम्पन्न भएको हो । मटकोरमा प्रयोग हुने माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने चलन रहेको छ ।
मटकोर विधि हेर्न जनकपुरधामसहित भारतका विभिन्न स्थानहरुबाट आज हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड गंगा सागरको डिलमा पुगेको थियो ।

अब भोलि मंगलबार दिउँसो माता सीताको स्वयंवर हुनेछ भने भोलि राति नै वैवाहिक कार्यक्रम हुनेछ । भोली विवाहपञ्चमी महोत्सवको मुख्य दिन हो । त्यसपछि पर्सी बुधबार अन्तिम दिन अयोध्याबाट आएका बारातीहरुलाई ५६ ब्यन्जन खुवाएर दक्षिणसहित विदाई गरिने छ । विवाहपञ्चमी हेर्न हिजो बेलुकादेखि नै भारतबाट श्रद्धालुभक्तजनहरु जनकपुरधाम आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्