काठमाण्डौंबाट प्रहरीको हतियार लुट्ने तीनजना झापा र इलाममा पक्राउ, गोलीसहित दुई पेस्तोल बरामद

<span class='c1'>काठमाण्डौंबाट प्रहरीको हतियार लुट्ने तीनजना झापा र</span> <span class='c2'>इलाममा पक्राउ, गोलीसहित दुई पेस्तोल बरामद</span>

विराटनगर । झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाको दमक(८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली(४ का पवन हाङ्सुरुम्वा रहेका छन ।

भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा काठमाण्डौ महानगरिय प्रहरी कार्यालय तोडफोड, आगजानी गरी हात हतियार, गोलीगठ्ठा लुटी फरार भएका सरोज पुरी आफ्नै घर वतनमा आई लुकी छिपि बसेको भन्ने बिशेष सुचनाको आधारमा मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पुरीलाई १ थान पेस्तोल र १५ राउण्ड गोली सहित पक्राउ गरेको हो । पक्राउ परेका पुरीले लुटी ल्याएको १ थान पेस्तोल र ५ राउण्ड गोली बिश्व लिङ्देनलाई दिएको र विश्व लिङ्देनले उक्त पेस्तोल र गोली चुलाचुली–४ का पवन हाङ्सुरुम्वालाई राख्न दिएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी पेल्टीमारी र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पवन हाङसुरुम्बालाई उनले बारीमा खाल्डो खनी लुकाई राखेको १ थान पेस्तोल र ५ राउण्ड गोली सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्