जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीन जना झापाबाट पक्राउ

<span class='c1'>जेनजी आन्दोलनमा लुटिएका हतियारसहित</span> <span class='c2'>तीन जना झापाबाट पक्राउ</span>

विराटनगर मङ्सिर ९,
भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा महानगर प्रहरी कार्यालय, रानीपोखरीबाट लुटिएका हतियारहरूसहित तीन जना झापाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा झापा दमक–६ प्रशान्ती टोलका कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतवारे निवासी ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले गएराति करीब ८:३० बजे दमक–८ मा डेरा गरी बस्दै आएका सरोज पुरीलाई सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो। पुरीको साथबाट एक थान ठूलो चापे टाइप–५४ चाइनिज पिस्तोल र १५ राउण्ड गोली बरामद भएको प्रहरीको दाबी छ।
पूछताछका क्रममा पुरीले अर्को हतियार विश्व लिङ्देनलाई राख्न दिएको स्वीकारेपछि प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो।

लिङ्देनबाट पुनः सोधपुछ गर्दा उनले तेस्रो हतियार पवन हाङसुङ्वालाई रु २० हजारमा बिक्री गरेको बयान दिएका थिए। त्यसअनुसार प्रहरीले हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइएको अवस्थामा अर्को एक थान ठूलो चापे टाइप–५४ पिस्तोल र जंग लागेको अवस्थामा रहेको ५ राउण्ड गोली फेला पारेको छ।

बरामद दुईवटै हतियार र २० राउण्ड गोलीसहित अभियुक्त तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्