प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु कुनै छैन् : खगेन्द्र सुनार

<span class='c1'>प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प अरु</span> <span class='c2'>कुनै छैन् : खगेन्द्र सुनार</span>

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले कुलमान घिसिङ एउटा समुदायको मात्र नभई सिंगो देशको नेतृत्वकर्ता भएको हुनाले पनि आफूहरुले सहकार्य गरेको बताए । प्रधानमन्त्रीको उम्मेद्वारको लागि कुलमान घिसिङको विकल्प अरु कुनै नरहेको पनि उनको दावी छ । उनले भने, ‘कुलमान घिसिङ एउटा समुदायको मात्र मानिस होईन् । उहाँ देशको सिंगो नेतृत्वकर्ता हो । एउटा रानो बसेको ठाउँमा मौरीहरु गएर बसेको जसरी उहाँको वरिपरी सबै भइदिए हुन्थ्यो भन्ने कुरा सबैको आएको कारण नै हाम्रो एकता भएको हो । रहर गर्ने कुरा स्वभाविक होला । तर के हो भने कुलमान घिसिङ जस्तो प्रधानमन्त्रीको उम्मेद्वार अरु कुनै हुन सक्दैन् । कुलमान घिसिङले नेतृत्व गर्नुहुन्छ । यो बेलामा कुलमान घिसिङको विकल्प छैन् । यो बेला कोही रामको अवतार लिएर आउन सक्छ भने त्यो कुलमान घिसिङ नै हो ।’
त्यस्तै, उनले तत्काल पार्टी एकता गर्ने कुनै सोच नरहेको धारणा पनि राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्