सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

<span class='c1'>सिरहामा कार, हाइस, मोटरसाइकल  र</span> <span class='c2'>विङर एकआपसमा ठोकिँदा १० जना घाइते</span>

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् ।


घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्