काठमान्डुसँग चितवन ५३ रनले पराजित

<span class='c1'>काठमान्डुसँग चितवन ५३</span> <span class='c2'>रनले पराजित</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन जोडेर अलआउट भयो । चितवनका लागि देव खनाले २१ रन,रवि बोपाराले २१ रन र सोहेल तनवीरले १८ रन जोडे । त्यस्तैगरी काठमान्डुका लागि रसिद खानले ३ तथा कप्तान करण केसी, मिलिन्द कुमार र दीपेश कँडेलले दुई–दुई तथा सन्तोष यादवले १ विकेट लिएका थिए ।

चार वटा खेल खेलेको चितवनले हालसम्म २ वटा खेल जितेर २ खेर हारेको छ । काठमान्डुले भने ३ खेल जितेको छ र २ खेल हारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्