कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान

<span class='c1'>कोशी सरकारले सुरु गर्यो</span> <span class='c2'>दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान</span>

विराटनगर । जेन्जी आन्दोलनले स्थानीय तहका कार्यालयहरूमा पु¥याएको क्षतिपछि सेवा प्रवाह सुचारु गराउन कोशी प्रदेश सरकारले सुरु गरेको पुनस्र्थापना अभियानअन्तर्गत दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका ११ प्रकारका सामग्री प्रदान गरिएको छ । प्रदेश सरकारको विशेष पहलमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले बताएको छ ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूको पुनस्र्थापनाका लागि कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने सरकारको योजना रहेको छ । त्यसअन्तर्गत आज दुहबीमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सीलगायतका सामग्री उपलब्ध गराइएको जनाइएको छ ।

कोशी प्रदेशका १३७ पालिकामध्ये ३७ पालिकामा जेन्जी आन्दोलनको प्रभाव परेको थियो । तीमध्ये ४०१ क्षतिग्रस्त वडामध्ये १५४ वडामा सेवा छिटो सुचारु गर्न सामग्री वितरण गरिएको हो । मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारमा प्राप्त सहयोग रकमलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाह कार्यालयहरूको पुनस्र्थापनाकै लागि प्राथमिकतामा प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्