एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा गर्दै

<span class='c1'>एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज</span> <span class='c2'>नेपाल र मलेसियाबीच प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार बिहान ९ बजे संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा सुरु हुने खेलमा नेपाल र मलेसिया भिड्ने भएका हुन् । नेपाल समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने छन् ।
दोस्रो सेमिफाइनलमा ओमान र यूएई खेल्दैछन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्