एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार पाँचौ जित

<span class='c1'>एनपीएलमा सुदूरपश्चिम रोयल्सको</span> <span class='c2'>लगातार पाँचौ जित</span>

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ६ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले १७.४ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १४८ रन बनाएर जित हासिल गरेको हो । जनकपुर बोल्ट्सले निर्धारित २० ओभारको खेलमा ८ विकेट गुमाउदैँ १४६ रनको मात्र लक्ष्य दिएको थियो । जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएको थियो । सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा ५ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो भने आजको पाँचौ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।

जनकपुर बोल्ट्सको यो चौथो खेल हो । जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन । पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्