यस्तो बन्दैछ ‘प्रधानमन्त्री पार्क’, थपिएको म्यादमा सम्पन्न हुने विश्वास

<span class='c1'>यस्तो बन्दैछ ‘प्रधानमन्त्री पार्क’, थपिएको</span> <span class='c2'>म्यादमा सम्पन्न हुने विश्वास</span>

सोनु साह
विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा निर्माण भइरहेको ‘प्रधानमन्त्री पार्क’ निर्माण कार्य निर्धारित समयभन्दा ढिलो हुँदै अघि बढिरहेको छ। विराटनगर महानगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको यो पार्कको काम समयमै सम्पन्न नहुँदा म्याद थपेर अघि बढाइएको हो।


महानगरपालिकाका योजना महाशाखाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार निर्माण कार्यमा जग्गा विवाद र साइट क्लियरेन्स नपुगेका कारण ढिलाइ भएको हो। हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए। अवशेष काममध्ये फिनिसिङ, विद्युत् जडान, टायल्स तथा रङरोगनका काम तीव्र गतिमा भइरहेको इन्जिनियर श्रेष्ठको भनाइ छ। यसअघि ६ महिनाको म्याद थपिए पनि निर्माण व्यवसायीले आगामी ३ महिनाभित्र काम सकिने आश्वासन दिएका छन्। पार्कलाई ए, बी र सी गरी तीन ब्लकमा विभाजन गरिएको छ। ए ब्लक खुला सांगीतिक क्षेत्र, बी ब्लक श्रद्धाञ्जली मोमेन्ट, बालबालिकाका लागि खेल क्षेत्र, विश्राम स्थल तथा दिवंगत प्रधानमन्त्रीहरूको प्रतिमा राखिएको छ । सी ब्लक स्नानस्थल बोटिङ क्षेत्र रहेको छ ।


२०७९ सालमा विराटनगर महानगरपालिका र खुश्बु निर्माण सेवा कम्पनीबीच १७ करोड लागतमा सम्झौता भएको यो योजना २०८२ असोज ११ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर समयमै काम नबढ्दा पार्कको अवस्था दयनीय बन्दै गएको छ। पार्क नजिकैका घरबाट फोहोर फालिने, मदिरापानकर्ताहरूले राति आएर मदिरा चुरोट सेवन गरिने,वस्तु तोडफोड गर्ने तथा चोर्ने जस्ता क्रियाकलापले निर्माणमा बाधा पुगेको इन्जिनियर श्रेष्ठ बताउँछन्।


हालसम्म निर्माण कम्पनीलाई ७० प्रतिशत भुक्तानी गरिएको छ। बालबालिकाका खेलक्षेत्रदेखि मनोरञ्जन स्थलको अभाव रहेको विराटनगरमा यो पार्कलाई महत्वपूर्ण पूर्वाधारका रूपमा अघि सारिएको हो। यसले पर्यटक आकर्षण वृद्धि गर्ने अपेक्षा गरिएको छ। विराटनगर–२ र ७ को सीमामा निर्माण भइरहेको यो पार्कमा मोरङबाट प्रधानमन्त्री बन्नु भएका सात जना दिवंगत नेताहरूविश्वेश्वर प्रसाद कोइराला, मातृका प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, नरेन्द्र प्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा—का स्मारक एकै स्थानमा राखिनेछ। स्मारकस्थलमा उनीहरूको व्यक्तिगत परिचय तथा योगदानसमेत उल्लेख गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्