बेलबारीमा सुरु भयो नगरबस

<span class='c1'>बेलबारीमा सुरु</span> <span class='c2'>भयो नगरबस</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बिद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । नौ महिना अगाडी खरिद गरेको नगर बसको शुभारम्भ भने सोमबार मात्रै गरिएको हो । नगर प्रमुख दिल प्रसाद राई र नितु थापा कोइरालाले नगर बसको शुभारम्भ गरेका थिए ।

उपप्रमुख थापाले प्राविधिक कारणले ढिलाई भएको बताएकी छिन् । उनले स्थानीय सर्वसाधारण, ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सेवा प्रदान गरिने बताएकी छिन् । उपप्रमुख थापाले फेसबुक पेजमा प्राविधिक विषयले ढिला भएको भनेर लेखेपनि बाँकी कुरा खुलाएकी छैनन् ।

तर, नगर बस खरिद गर्दा एक करोड ३२ लाख लागत परेको जानकारी दिइएको छ । त्यस विषयले बेलबारी नगरपालिकामा लामो समयसम्म यो सञ्चालन गर्ने की नगर्ने भन्ने चर्चा चलेको भनाई छ । जेनजी आन्दोलनमा नगर प्रमुख र उपप्रमुख दुवैले राजीनामा दिएका थिए । अहिले दुवै फर्केपछि भने नगर बस पनि सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्